नैरोवी, १७ पुस । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।
पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए।
वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले ट्विटरमा जानकारी दिनुएका छन् ।
घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको उनले जानकारी दिए ।
राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्दै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् ।
#Burundi Criminalité: Assassinat du Ministre de l'Eau et Environnement : Une femme qui était avec lui arrêtée pour enquête
— NKURIKIYE Pierre (@PierreNkurikiye) January 1, 2017
#Burundi Criminalité : Ministre de l'eau et environnement tué par pistolet d'1 criminel en rentrant chez lui à Rohero, vers 00h45'.
— NKURIKIYE Pierre (@PierreNkurikiye) January 1, 2017








