अमेरिकाद्वारा ३५ रुसी कूटनीतिज्ञ निष्कासित

डोनल्ड ट्रम्पले ह्याकिङ्को विषयलाई कम महत्व दिदैं आएका छन् ।
रुसले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको भन्ने आरोपसंग जोडिएको एउटा कदममा राष्ट्रपति बराक ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश दिएका छन्।

तर मस्कोले ती आरोपको खण्डन गरेको छ।

रुसी कूटनीतिज्ञहरुलाई अमेरिका छाड्न ७२ घण्टाको समय दिइएको छ।

निष्कासनमा परेका रुसी कूटनीतिज्ञहरु वासिङ्टन डीसीस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावासका कमर्चारीहरु छन्।
गुप्तचरी सूचना संकलनका लागि रुसले अमेरिकामा प्रयोग गर्दै आएको दुई वटा कम्पाउण्ड पनि बन्द गर्ने निर्णय ओबामाले गरेका छन्।

रुसले पछिल्लो अमेरिकी कदमको कडा जवाफ दिने चेतावनी दिएको छ।

राष्ट्रपति ओबामाले डेमोक्रयाटिक पार्टीका इमेलहरुको ह्याकिङ दुर्भावनापूर्ण रहेको बताए। र, त्यो उच्च रुसी सरकारी तहबाटमात्रै निर्देशित हुन सक्ने उनको भनाइ थियो। उनले मस्कोका कदमबाट सबै अमेरिकी चिन्तित हुनुपर्ने बताए

तर रुसले अमेरिकी अधिकारीहरुलाई सताइरहेको भन्दै ओबामाले थप कडा कदमहरु अमेरिकाले चाल्नसक्ने चेतावनी दिए।

वासिङ्टनस्थित बीबीसी संवाददाता लउरा बिकर भन्छिन्, ूराष्ट्रपति ओबामाले डेमोक्रयाटिक पार्टीका इमेलहरुको ह्याकिङ दुर्भावनापूर्ण रहेको बताए। र, त्यो उच्च रुसी सरकारी तहबाटमात्रै निर्देशित हुन सक्ने उनको भनाइ थियो। उनले मस्कोका कदमबाट सबै अमेरिकी चिन्तित हुनुपर्ने बताए ।

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले भने ह्याकिङ्का दावीहरुलाई निरन्तर रुपमा कम महत्व दिदैं आएका छन्।
तर अहिले उनले त्यसबारे अमेरिकी गुप्तचर अधिकारीहरुसंग छलफल गर्ने बताएका छन्।
बीबीसी हिन्दी

सम्बन्धित शिर्षकहरु