मुम्बई । अभिनेत्री अनुष्का शर्माले निर्देशक करण जौहर बिरुद्ध सेक्सुअल ह्यार्यासमेन्ट केश दर्ता गर्ने भएकी छिन् । चलचित्र ‘ए दिल है मुश्किल’ को सुटिङमा निर्देशक जौहरले गलत तरिकाले छोएको उनको आरोप छ । उनले च्याट शो कफी वीथ करणमा यो खुलासा गरेकी हुन् ।
करनको को शोमा अनुष्का कट्रिनाको साथमा कार्यक्रममा पुगेकी थिइन् । कट्रिना भने कार्यक्रमभरी करणकै पक्षमा प्रस्तुत भइन् ।
शोमा करणले यो पनि स्वीकारे ‘ए दिल है मुश्किल’ को सुटिङमा अनुष्कामाथि क्रश भएको थियो । कट्रिनाले करणको पक्ष लिएपछि अनुश्काले भनिन् ‘मजाक हैन, म करण बिरुद्ध सेक्सुअल ह्यार्यासमेन्टको केश दर्ता गर्दै छु । सुटिङको समयमा मलाई गलत तरिकाले छोएका थिए ।’
करणले जवाफ दिए लगत्तै अनुश्काले फेशन डिजाईनर मनीष मल्होत्राको पार्टीमा ज्याकलिन फर्नाडेसलाई पनि गलत तरिकाले छोएको आरोप लगाइन् ।








