ट्वीटरमा कसरी फैलियो ब्रिटनी स्पेयर्सको मृत्यूको अफवाह ?

सोनी म्युजिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर पप स्टार ब्रिटनी स्पेयर्सको मृत्यूको अफवाह फैलाइएको छ । ब्रिटनी पूर्णरुपमा स्वस्थ र ठिकठाक रहेको प्रष्टिकरण उनका प्रवक्ताले दिएका छन् ।

ह्याक गरिएको एकाउन्टबाट सोमबार ब्रिटनीको मृत्यू भएको झूटो खबर पोष्ट गरिएको थियो । पहिलो ट्वीटमा लेखिएको थियो, ‘इश्वरले ब्रिटनी स्पेयर्सको आत्मालाई शान्ति दिउन् ।’ यसका साथमा एउटा अश्रुपूर्ण इमोजि तथा ह्यासट्यागमा आरआइपी ब्रिटनी लेखिएको थियो । त्यसको सात मिनेटपछि गरिएको अर्को ट्विटमा लेखिएको थियो, ‘दुर्घटनामा ब्रिटनी स्पेयर्सको निधन भएको छ । हामी तपाईंलाई चाडै नै थप जानकारी दिनेछौं ।’

यसरी दुईवटा ट्विट भएलगत्तै धेरैले आरआइपी ब्रिटनी भन्दै सामाजिक सञ्जालमा श्रद्धान्जली दिन थालेका थिए । त्यसपछि तेुरुन्तै ब्रिटनीका प्रवक्ता एडम लेबेरले सिनएनलाई अन्तरवार्ता दिदै खर झूटो भएको बताएका थिए ।

सम्बन्धित शिर्षकहरु