यस्तो छ सातौँ राष्ट्रिय खेलकुदको पदक तालिका

इटहरी, ११ पुस । पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आज अपराह्न ४ बजेसम्म दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेका छन् ।

आजसम्मको पदक तालिकानुसार नेपाली सेनाको अग्रता कायमै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । तीन दिनमा सम्पन्न भएका खेलको पदक तालिकाः

सहभागी टोली स्वर्ण रजत कास्य कुल पदक सङ्ख्या
नेपाली सेना ३६ २० १४ ७०
नेपाल प्रहरी १७ १४ २१ ५२
सशस्त्रप्रहरीबल९ एपिएफ० १२ ११ १९ ४२
मध्यमाञ्चल ६ १४ १४ ३४
मध्यपश्चिमाञ्चल २ ११ ९ २२
सुदूरपश्चिमाञ्चल २ २ १८ २२
पूर्वाञ्चल ३ १२ ६ २१
पश्चिमाञ्चल २ २ ६ १०

सम्बन्धित शिर्षकहरु