अजी फाइनान्सद्वारा क्रिसमस शुभकामना

सिड्नी । अजी फाइनान्सले क्रिसमसको अवसरमा सिड्नीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । अष्ट्रेलियामा घरजग्गा किनमेल तथा होम लोनको सुविधा प्रदान गर्दै आएको अजी फाइनान्स एण्ड होम्स लोनले सिड्नीमा क्रिसमस शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रमका अवसरमा फाइनान्सका डाइरेक्टर विष्णु हमालले क्रिसमस तथा नयाँ वर्षको अवसरमा सबै अष्ट्रेलियाबासी नेपालीहरुलाई शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा एक्सपोर्ट एजुकेशन तथा भिसा सर्भिसका डाइरेक्टर सन्जिब शर्माले पनि नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

नेपाल फेस्टिबल सिड्नीकै क्रममा आफ्नो स्टलमा आउने आगन्तुकहरुलाई प्रदान गरिएको भाग्यशाली चिठ्ठाको परिणाम पनि आजै सार्बजनिक गरिएको थियो । भाग्यशाली चिठ्ठाको गंगा मल्ल हमालले आइप्याड प्राप्त गरेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु