नेपाली चलचित्र “शब्द” अब अष्ट्रेलियामा

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

नेपाली चलचित्र क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल नायक सौगात मल्लको पछिल्लो चलचित्र “शब्द” अष्ट्रेलियामा रहेका नेपालीहरुले नायक सौगात मल्ल संगै बसि हेर्न पाउने भएका छन। नायक मल्ल सो चलचित्रको प्रिमियरसो को लागि अष्ट्रेलिया आउंदैछन। नेपाली चलचित्र प्रति दर्शकहरुको आकर्षण बढीरहेको अबस्थामा राम्रो संभावना बोकेको चलचित्र “शब्द” पौष २९ गतेबाट प्रदर्शनमा आउने भएको छ।

 

 

 

 

 

अस नेप ईभेन्टको प्रस्तुतीमा चलचित्र “शब्द” अष्ट्रेलियाका बिभिन्न शहरहरु सिड्नी,मेर्लवन,ब्रिसबेन लगायत अन्य शहरहरुमा पनि छिटै प्रदर्शनमा आउने चलचित्र प्रदर्शनमालागेका गोबिन्द भण्डीरीले असनेपालन्युजलाई बताए। ओम ओम श्री वज्रयान पिक्चर्स प्रालीको ब्यानरमा निर्माण गरिएको सो चलचित्रमा छिरिङ दोर्जे लामाले लगानी गरेका छन । सन्तोष सिवाकोटीले निर्देशन रहेको सो चलचित्रमा एनबी महर्जनको द्वन्द्व निर्देशन, राजनराज सिवाकोटी र गैरे सुरेशको संगीत,प्रदिप श्रेष्ठको कोरियोग्राफी र शिव ढकालको छायङ्कन रहेको छ भने चलचित्रमा नायक सौगात मल्ल, कमली वाइवा, ए गुरुङ, अनुभव रेग्मी, ओशिन भट्टराइको अभिनय रहेको छ।

सम्बन्धित शिर्षकहरु