मिस लिटिल आइडल विजेतालाई छात्रवृत्ति

miss-little-idol-02काठमाडौं। बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने र विजेतालाई उनीहरु पढिरहेको विद्यालयमा छात्रवृत्तिको अवसरसहित ‘मिस लिटिल आइडल’ प्रतियोगिता हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन काठमाडौँको सहकार्यमा एक्सन इन्टरनेसनल प्रालिले यही वैशाख १ गते आयोजना गर्न लागेको उक्त प्रतियोगितामा विजेतालाई एक वर्ष छात्रवृत्ति प्रदान गरिने मङ्गलबार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीमा रहेको प्रतिभालाई उक्त प्रतियोगितामार्फत उजागर गर्नका लागि प्याब्सनले सहकार्य गर्न लागेको बताए बालबालिकामा निहित प्रतिभा प्रस्फुटन गराउने, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भूमिका निर्वाह, गुणस्तरीय अध्ययन एवम् सिर्जनात्मक कार्यमा लाग्न उक्त प्रतियोगिताले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रतियोगितामा शीर्ष उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई नगर पुरस्कार, ताजसहित सम्बन्धित विद्यालयमा पूर्ण छात्रवृत्ति र टप टेनमा परेकालाई सम्बन्धित विद्यालयमा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था हुने बताइएको छ । सन् २००९ देखि एक्सन इन्टरनेसनलले आयोजना गर्दै आएको उक्त प्रतियोगितामा यस वर्ष प्याब्सनले सहकार्य गरेको हो । प्रतियोगितामा ९ देखि १३ वर्षसम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

सम्बन्धित शिर्षकहरु