नेपाली अनुसन्धानकर्ता राजिबकुमार चीनको उत्कृष्ट १०० प्रतिभा !

साउन २६ , काठमाण्डौ । चिकित्सा बिज्ञान क्षेत्रका युवा नेपाली अनुसन्धानकर्ता डा. राजीवकुमार झालाई चिनियाँ सरकारले ‘उत्कृष्ट १०० प्रतिभा’मा छनौट गरेको छ ।rajiv-jha-1

बिश्वका उत्कृष्ट प्रतिभालाई चीनमा आर्कषिर्त गर्ने उदेश्यसहित चिनियाँ सरकारले सुरु गरेको ‘हन्ड्रेड ट्यालेन्ट रिक्वीटमेन्ट प्रोग्राम’ अन्र्तगत छानिने उहा पहिलो नेपाली नागरिक हुनुहुन्छ ।

सन् १९९७ मा एमबीबीएस अध्ययनका लागि चीन पुगेका राजीवले सियान बिश्वबिद्यालयबाट एमबीबीएस, एमडी र पीएचडी उपाधि लिनुभयो । पछिल्लो चार बर्षदेखि उहा सोही बिश्वबिद्यालयमा ‘युवा बैज्ञानिक फेलोसिप’ अन्र्तगत क्यान्सर रोगको उपचारबारे अनुसन्धान गरिरहनुभएको छ ।

साङसी प्रान्तको सातौं चरणको कार्यक्रम अन्र्तगत छानिनु भएका राजीवले त्यहाँको जियान बिश्वबिद्यालयमा अनुसन्धानकर्ताको रुपमा काम गर्नुहुने छ । उहासँगै छानिएका सवैले अनुसन्धानका लागि १० लाख चिनियाँ युयान बराबरको अनुदान पनि पाउनेछन् ।

राजीवले यसअघि ३१ बर्षको उमेरमा चिनियाँ सरकारबाट युवा बैज्ञानिक उपाधि पाउनुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं बैठकले चीनमा बिश्वका उत्कृष्ट युवा प्रतिभाहरुलाई आर्कषिर्त गर्ने नीति लिएअनुसार त्यहाँको सरकारले ‘हन्ड्रेड ट्यालेन्ट रिक्वीटमेन्ट प्रोग्राम’ अघि सारेको थियो । साङसी प्रान्त सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले बिश्वभरबाट प्राप्त आबेदनहरुका आधारमा यस्ता प्रतिभा छनौट गर्ने गर्छ ।

सम्बन्धित शिर्षकहरु