नेदरल्यान्ड। नेदरल्यान्डको सरकारले युरोपियन युनियन ईयू – युक्रेन स्वतन्त्र व्यापार सम्झौतालाई संसदबाट अनुमोदन गर्ने गरी आवश्यक कानुन निर्माण गरी अगाडि बढ्ने जनाएको छ ।
यहाँका जनताद्वारा जनमत सङ्ग्रहमा सम्झौतालाई अस्वीकार गर्न आदेश दिए पनि सरकारले नयाँ कानुन निर्माण गरी ईयू–युक्रेन सम्झौता गर्ने तयारीमा जुटेको हो ।
नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले शुक्रबार मन्त्रिपरिषद्ले यहाँको काउन्सिल अफ स्टेटमा विधान निर्माण गर्न पठाएको हो ।
उक्त काउन्सिलले नयाँ कानुन बनाउन सरकारलाई सल्लाह दिने चलन छ ।








