अस्ट्रेलिया । आगामी १७ डिसेम्बरका दिन मेलबर्नको फेडरेशन स्क्वायरमा आयोजना गरिने नेपाल महोत्सवको भव्इ तयारी गरिएको छ । महोत्सवको तयारीका लागि सहभागी हुनका लागि चर्चित व्याण्ड कन्दराका कलाकारहरु मेलबर्न आइपुगेका छन् ।
एनआरएनएले नै एडिलेडमा आयोजना गरेको कन्सर्टमा सहभागी भएर उनीहरु मेलबर्न आएका हुन् । मेलबर्नमा आगामी १७ तारिख हुने नेपाल महोत्सव अघि उनीहरुले क्यानबेरामा समेत आफ्नो प्रस्तुति दिने तय भएको छ । क्यानबेराको कार्यक्रममा सहभागी हुनुअघि मेलबर्नमा महोत्सवको माहोल बनाउन र पत्रकार सम्मेलनमा सहभागी हुनका लागि उनीहरु यता आएका हुन् । बुधबार कलाकारहरुलाई विमानस्थलमा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलसहित एनआरएनका पदाधिकारीले स्वागत गरेका थिए ।








