अस्ट्रेलिया । पछिल्लो समय प्रवासमा नेपाली कला, साहित्य र संस्कृति विस्तारले बढावा पाउन थालेको छ । यसैक्रममा अस्ट्रेलियाको सिड्नीमा नेपाल महोत्वस सम्पन्न भएको छ । नेपालको बहुआयामिक विकास र भ्रातृत्व विकासको निम्ति महोत्सव निकै फलदायी भएको निष्कर्ष निकालिएको छ ।
अस्ट्रेलियामा नेपाली पहिचान र संस्कृतिको प्रदर्शन गर्न सन् २००६ देखि महोत्सव आयोजना गर्न थालिएको हो । गैरआवासीय नेपाली संघ एनआरएन, नेपाली राजदूतावास, वाणिज्य दूतावासहरुको संयुक्त आयोजनामा सम्पन्न महोत्वसमा उल्लेख्य नेपाली समूदायको उपस्थिति थियो ।
महोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महतले गरेका हुन् भने एनआरएन अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार बन, संरक्षक इन्द्रा बनलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित थिए । महोत्सव उद्घाटन गर्दै मन्त्री महतले नेपालमा बैदेशिक लगानी भित्र्याउन अनुरोध गरेका थिए ।
अस्ट्रेलियामा हासिल गरेको ज्ञान सीप नेपालको वृद्धि विकासमा खर्चनुपर्ने राय उनको थियो ।








