कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य

काठमाडौँ, ११ मङ्सिर । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने, “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भयो ।

खबरले विश्वका कम्यूनिष्ट विचार मनपराउने करोडौं मानिसलाई दुखी मात्र तुल्याएन उनको अनुपस्थितिमा उनले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित बनाउने पक्कै छ ।

फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बनेका थिए ।

सहकार्यबाट असम्भव हुने विषयपनि सङ्घर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युवाली जनताका सर्वोच्च नेता कास्ट्रोले करिब ५० वर्षसम्म अविराम सत्तामा रहँदा उनले आजिवन अमेरिकी प्रशासनको दादागिरीलाई क्युवामा ललकारे । यसमा क्युवाली जनताले आफू चरम गरिबी सहेरपनि कास्ट्रोलाई आजिवन सहयोग गरे ।

सन् १२२६ मा क्युवाका दक्षिण–पूर्वी ओरिएन्टे प्रान्तमा जन्मिएका क्यास्ट्रोले सानैदेखि समाज परिवर्तन कसरी गर्न सकिन्छ र गरिव तथा बेसहारा मानिसलाई कसरी आर्थिक रुपमा माथि उकास्न सकिन्छ भनेर लाग्थे । धनी परिवारमा जन्मिए पनि उनी गरिवको साथमा जीवन पर्यन्त रहेको क्युवाली बहुसङ्ख्यक नागरिको बुझाइ रहेका छ ।

सम्बन्धित शिर्षकहरु