अमेरिकाको विस्कोन्सिनमा राष्ट्रपतीय चुनावको पुनः मतगणना हुने

मिचिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना हुने सम्भावाना
काठमाडौं । अमेरिकाको विस्कोन्सिन राज्यकाको निर्वाचन आयोगले हालै सम्पन्न भएको अमेरिकाको राष्ट्रपतीय चुनावको पुनः मतगणना गराउने माग प्राप्त भएको जनाएको बीबीसीले जनाएको छ ।

हालै सम्पन्न भएको राष्ट्रपतीय चुनावको ग्रिन पार्टीकी उमेदवार जिल स्टेनले अमेरिकाको विस्कोन्सिन राज्यमा पुनः मतगणना गराउन माग गरेकी हुन् ।
सो राज्यमा विजयी राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई थोरैमात्र मतले हराएका थिए ।

समाचारमा बताइएअनुसार उनले मिचिगन तथा पेन्सिलभेनिया राज्यमा पनि पुनः मतगणनाको पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् ।
गत नोभेम्बरमा भएको चुनावमा पराजित हिलारी क्लिन्टनले जम्मा २३२ इलेक्टोरल कलेज सदस्य जितेकी थिइन भने निर्वाचित डानाल्ड ट्रम्पले २९० इलेक्टोरल कलेज सदस्य जितेका थिए । राष्ट्रपदका लागि कुल २७० इलेक्टोरल कलेज सदस्यको सर्मथन चाहिन्छ ।

जम्मा १० इलेक्टोरल कलेज सदस्य भएको बिस्कोन्सिन राज्यमा क्लिन्टनको जीतले पनि राष्ट्रपतिको परिणाम उल्टिने छैन । तर तिनै राज्यमा उल्टिएको खण्डमा भने परिणाम उल्टिनेछ । किनभने पेन्सिलभेनिया राज्यमा कुल २० र मिचिगन राज्यमा कुल १६ इलेक्टोरल कलेज सदस्यहरु रहेका छन् ।

बिस्कोन्सिनको चुनाव आयोगले ट्वीटर मार्फत स्टेन तथा डेला फोन्टेको पुनः मतगणनाका लागि अनुरोध प्राप्त गरेको बताएको छ ।
यसैगरी स्टेनले पनि ट्वीटर मार्फत अर्को हप्ताबाट पुनः मतगणना सुरु हुने बताएकी छन् ।

यसअघि बिस्कोन्सिन राज्यको पुनः मतगणनाका लागि आवश्यक पर्ने रकम पनि उनले जुटाएकी थिइन् । अब पेन्सिलभेनिया र मिचिगन राज्यमा पुनः मतगणनाका लागि उनले दशौंलाख डलर उठाउनुपर्ने छ ।

जिल स्टेनको वेबसाइटका अनुसार उनले यस अघिनै ५.३ मिलियन डलर उठाइसकेको र जुन पैसा बिस्कोन्सिन र पेन्सिलभेनिया राज्यको पुनः मतगणनाका लागि पुग्छ ।

मताधिकार वकिल जोन बोनिफज तथा मिचिगन विश्वविद्यालयका कम्प्युटर सुरक्षा तथा समाज केन्द्र निर्देशक जे. एलेक्स हाल्देरम्यानले यसको नजिकबाट अध्ययन गनुपर्ने बताएका थिए ।

अमेरिकामा पुनः मतगणनाको माग गर्न हरेक उमेदवारलाई समयसीमा तोकिएको हुन्छ । साथै त्यसका लागि उनीहरूले दस्तुर पनि तिर्नुपर्छ । विस्कोन्सिन राज्यमा पुनः मतगणनाको माग गर्ने समयसीमा शुक्रबार सकिएको हो । पेन्सिलभेनियामा सोमबार र मिचिगनमा बुधबारसम्म यो समय बाँकी छ ।

सम्बन्धित शिर्षकहरु