ओलीलाई फकाउन देउवाको यस्तो रणनीति

काठमाडौं, ९ मंसिर । सत्तारुढ दल कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ । संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा गरेपछि कांग्रेस उसलाई फकाउन लागेको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेटी संविधानले निर्दिष्ट गरेको समयभित्रै निर्वाचन गर्नका लागि मधेसको माग सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । पौडेलले संविधान संशोधनबाट मधेसको माग सम्बोधन गरी निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै ओलीलाई संशोधनको प्रक्रियामा आउन आग्रह गरे । उनले राष्ट्रहित हुन गरी नै संशोधन गर्न सकिने बताएका थिए ।

सम्बन्धित शिर्षकहरु