शक्तिशाली युरोप ‘विश्व र अमेरिकाका लागि लाभदायक’ : ओबामा

ग्रीस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शक्तिशाली युरोप राज्य अमेरिकाकाको लागि लाभकारी भएको बताएका छन्।

अमेरिकी राष्ट्रपतिका रुपमा सम्भवत युरोपको अन्तिम भ्रमणका क्रममा ग्रीसमा आइपुग्नुभएका राष्ट्रपति ओबामाले मङ्गलबार उत्तरी एटलान्टिक सन्धि सङ्गठन नेटो अमेरिकी सुरक्षा र समृद्धिका लागि विल्कुलै महत्वपूर्ण हुनेसमेत बताउनुभएको छ । शक्तिशाली नेटो र मजबूत युरोप अमेरिकाका लागि उचित विषय भएको उनले बताएका हुन्।

अमेरिकाले शक्तिशाली समृद्ध र एकीकृत युरोप युरोपका लागि मात्रै आवश्यक एवम् खुशीको कुरा नभई अमेरिकासँगै सम्पूर्ण विश्वका लागि राम्रो कुरा हुने अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना ग्रीक समकक्षी प्रोकोपिस पाभ्लो पाउलससँग एथेन्समा भएको भेटमा बताएका हुन् ।

ट्रान्स एटलान्टिक सम्बन्ध अमेरिका र युरोपबीचको पारस्परिक सुरक्षा एवम् समृद्धिको आधारशिला भएको उक्त भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले बताए ।

त्यसैगरी ग्रीक प्रधानमन्त्री अलेक्सी सिप्राससँगको भेटमा उनले कुनै पनि विषयमा कठोर बन्दैमा यसबाट समृद्धि पाइने छ भन्नु बुद्धिमानीपूर्ण नहुने भन्दै युरोपेली सहयोगीलाई यस विषयमा सचेत रहन आग्रह गर्ने बताएका थिए ।

सम्बन्धित शिर्षकहरु