एजेन्सी, भारतीय अभिनेत्री रेखा मोहन आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी छन्।केरलास्थित शोभा सिटी कम्पलेक्सको एक अपार्टमेंटमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ। ४५ वर्षीय फिल्म र टिभी अभिनेत्री रेखा आफ्नो फ्लाटमा एक्लै बस्ने गरेकी थिइन्।
उनका पति व्यवसायको शिलशिलामा मलेसियामा बस्ने गरेका थिए। उनका श्रीमाले रेखालाई फोन गर्दा सम्पर्क साथीलाई बुझ्न लगाएका थिए। साथीले पनि सम्पर्क गर्न नसकेपछि प्रहरीलाई खबर गरेको भारतीय मिडियाहरूले जनाएका छन्।
प्रहरी तुरून्त उनको फ्लाटमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुनेछ।
रेखाले लक्षिण भारतीय फिल्महरू ‘उद्यानापलक्कम’, ‘वारूवोलम’ र ‘यात्रामोझी’ जस्ता फिल्ममा आफ्नो भूमिका निभाइसकेका छन्।
उनले ‘मायाम्मा’ सहित केही टेलिभिजन धाराबाहिक शृंखलामा पनि अभिनय गरिसकेकी छन्।








