आजको संसद बैठक स्थगित, लोकमान प्रकरण अन्योलमा

काठमाडौं, २५ कात्तिक । व्यवस्थापिका संसदको बिहीबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगित भएको छ ।

संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरेको सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए । संसदको अर्को बैठक कात्तिक २६ गते बिहान ११ बजे बस्नेछ ।

बिहीबारको संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

सम्बन्धित शिर्षकहरु