प्रथम महिलाको रुपमा सुजाता सार्कमा सहभागि हुने

कात्तिक २५ ।काठमाडौ,सार्क शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री सुजाता कोइराला प्रथम महिलाको रुपमा सार्क सम्मेलनमा सहभागी हुन पाउने हुनु भएको छ ।

प्रधानमन्त्री कोइरालाले सुजाताको नाम सिफारिस गरी परराष्ट्र मन्त्रालयमा पठाएर उहालाई प्रथम महिलाका रुपमा सार्क सम्मेलनमा सहभागी गराउने निर्णय गर्नु भएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले सुजातको नाम परराष्ट्रमा पठाइसकेको र सार्कमा फस्ट लेडीका रुपमा उहा सहभागि हुनुहुनेछ ।
सार्कका राज्य तथा सरकार प्रमुखको अतिथि सत्कार तथा अन्य समारोहमा सुजाताले फस्ट लेडीको हैसियत प्राप्त गर्नुहुनेछ ।

सुजातको आधिकारिक दायित्व र हैसियतबारे प्रस्ट पारिएको छैन ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि छोरी सुजातालाई फस्ट लेडीका रुपमा विभिन्न समारोहमा सहभागि गराएका थियो ।

 

सम्बन्धित शिर्षकहरु