बलात्कार गरेको आरोपमा पक्राउ

गौशाला, १७ कात्तिक । महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

मङ्गलबार गौशाला–२ मै छिमेकीको ४ वर्षीया नाबालिका घर नजिकै खेलिरहेको अवस्थामा युवक भुजेलले उनलाई त्यही छेउमा रहेको उखुबारीमा लगी जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

पक्राउ गरिएका युवक भुजेललाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखी उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु