प्रतिपक्षलाई प्रधानमन्त्रीको जवाफः ‘बोल्दा किन बोल्यो भन्छन्,म बोल्न पनि नमिल्ने, चुप लाग्न पनि नमिल्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि प्रतिपक्ष नेपाली कांग्रेसले अनौठो व्यवहार देखाउन थालेको बताएका छन्। उनले सरकारले एउटा सपना देखेर त्यही मार्गमा हिँडिरहेको अवस्थामा प्रतिपक्षले अनौठो व्यवहार देखाइरहेको बताए। आइतबार संसदलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। उनले आफू समृद्ध नेपाल र सुखी नेपालीको नारासहित अघि बढेको बताए। तर प्रतिपक्षले अनावश्यक रुपमा प्रधानमन्त्रीको आलोचना गरिरहेको बताए। ‘सरकारले के गर्दै छ भनेर प्रश्न सोधिन्छ, हामी यसो गर्दै छौं भनेर बोल्छु।

त्यसपछि प्रधानमन्त्री बढी बोल्यो भनिन्छ। अनि ठिकै छ त नबोलौँ भन्छु। अनि फेरि प्रधानमन्त्रीले किन जवाफ नदिएको भनेर आलोचना गरिन्छ।’ उनले भने। यसरी अनावश्यक रुपमा अनौठो व्यवहार देखाइएको उनले बताए। उनले अहिले आफूहरु सामान्य अवस्थामा नभएको र एउटा प्रक्रियामा काम गरिरहेको बताए। राणा शासनको अन्त्य र पञ्चायत अन्त्य पछिको जस्तो अवस्थामा अहिलेको सरकार रहेको उनले बताए। त्यसैले संघीयताको कार्यान्वयन र लोकतान्त्रिक शासनका लागि सरकार प्रतिबद्ध रहेको बताए।

सम्बन्धित शिर्षकहरु