गोल्डकोष्टस्थित ड्रिमवल्र्ड थिम पार्कमा दुर्घटना हुँदा ४ जनाको मृत्यु

अस्ट्रेलिया, अष्ट्रेलियाको गोल्डकोष्टमा रहेको ड्रिमवल्र्ड थिम पार्कमा निर्माण गरिएको थन्डर रिभर राईड नामक खेलका क्रममा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएको र उनीहरुको उपचार भाइरहेको ड्रिमवल्र्डले बताएको छ । र्याफ्टीङ जस्तै पानीको छालकाबीच ६ जना बसेर कम्तिमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा दायाँ बायाँ हल्लिदै अघि बढ्ने यो थन्डर रिभर राईडको मजा लिइरहेका बेला उक्त राईड उल्टिएको थियो ।

दिउँसो २ः३० बजे घटना भएको र यसका विषयमा गम्भीर अनुसन्धान गरिने सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । यतिबेला पार्क बन्द गरिएको छ भने प्रहरी र अत्यावश्यकीय अन्य सेवाका साधनहरु घटनास्थलमा राखिएका छन् ।

सम्बन्धित शिर्षकहरु