पर्थ। नेपाली मन्दिरको पहिलो च्यारिटी लन्च आइतवार पर्थमा सम्पन्न भएको छ। पशुपतिनाथ बौद्ध नाथ मन्दिर निर्माण सहयोगार्थ सो कार्यक्रमको आयोजना पर्थको चिरपरिचित रेष्टुरेण्ट हिमालयन नेप्लिज रेष्टुरेण्ट एण्ड क्याफेमा गरिएको थियो। प्रति व्यक्ति २० डलर तोकिएको सो च्यारिटी लन्चमा सहभागी हुन् पर्थ र पर्थका आसपासबाट विभिन्न व्यक्तिहरुको स्वतस्फुर्त उपस्थिति रहेको थियो।
कार्यक्रममा यो अभियान कुनै व्यक्ति वा संस्थाको नभई सिंगो नेपाली समुदायको हो हामि त केवल सेतुको काम मात्र गरिरहेका छौं, सहभागिहरुले भनेका थिए । सबै नेपालीहरु एक भएर यो पवित्र कार्यमा सहयोग र साथ दिएमा मन्दिर निर्माण कार्य सफल हुने उनीहरुको धारणा थियो । कार्यक्रमको जानकारी दिनेक्रममा पर्थका व्यवसायी तथा समाजसेवी भैरब ढकालले भने, “नेपाली मन्दिर भनेको नेपालीको पहिचान हो र मन्दिर निर्माण कार्यलाई मुर्तरुप दिने उद्देश्यले गरिएको यो पहिलो च्यारिटी कार्यक्रम हो। अझ धेरै कार्यक्रमहरु गर्न बाँकि छन। यो अभियानको बारेमा थाहा नभएका आफ्ना साथीभाई तथा इष्टमित्रहरुलाई जानकारी गरिदिनु हुन अनुरोध गर्दछु ।”
सोहि क्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष श्री राज थपलियाले एन आर एन ए पश्चिमअस्ट्रेलियाको सम्पुर्ण टिम यो अभियान सफल पार्न लागि पर्ने बताए । दोस्रो च्यारिटी लन्च आइतवार २७ नोभेम्वरका दिन दिउसो १२ बजेदेखि ३ बजेसम्म गुर्खाज नेप्लिज रेष्टुरेण्ट कराइमबाइनमा हुने जानकारी आएको छ।
एक थुकी सुकी हजार थुकी नदि भने झैँ हरेक नेपालीको सानो आर्थिक सहयोगले नेपाल र नेपालीहरुलाई अन्तरास्ट्रिय जगतमा चिनाउने अवसर मिल्नेछ साथै हाम्रो धर्म संस्कृतीको पहिचान र प्रवर्धनमा समेत टेवा पुग्नेछ।
जानकारीका लागी सम्पर्क
यादव शर्मा :०४०१७४६५७६
भैरब ढकाल :०४१२७७०९७४








