रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया द्वारा आयोजित “दशैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम” सिड्नीमा भब्यताका साथ सम्पन्न।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया
हाम्रा चाढ पर्बहरुले प्रवासमा रहेका थुप्रै नेपालीहरुलाई एकजुट गराउन मद्दत गर्दछ।त्यति मात्र होईन नेपालीहरुबिच एक आपसमा भाईचारा कायम गर्दै नेपाली पनलाई बचाई राख्न सहयोग पनि गर्दछ।आउंदो पुस्तालाई हाम्रै संस्कृती र चाढ पर्बको महत्व र आफ्नो पन सिकाउनु हाम्रो दायित्व पनि हो। यस्तै अष्ट्रेलियामा रहेको परोपकारी संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नीमा “दशैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम” गरेको छ।

image

 

 

 

 

 

 

 

यस अघि थुप्रै परोपकारी कार्यक्रम गरिरहेको संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले यसपाली थुप्रै नेपालीहरूलाई शुभकामना आदान प्रदानको लागि एकजुट बनाएको हो।अष्ट्रेलिया सिड्नीमा रहेका थुप्रै नेपालीहरुलाई एकजुट बनाउँदै दशैँ तथा तिहारको शुभकामना आदान प्रदान गर्ने उदेश्य रहेको सो कार्यक्रम २३ अक्टोबर २०१६ आईतबार १२ बजेदेखि शुरुभएको थियो।सो कार्यक्रमा गत अप्रिल ९ तारिक २०१६ मा आयोजना गरिएको कार्यक्रम “नयाँ वर्ष साँगितिक साँझ २०७३” बाट संकलित रकम रुपन्देहीका विभिन्न परोपकारी संघ संस्थाहरुलाई हस्तान्त्रण गरिएको विस्तृत जानकारी साथै विगत एक बर्षमा सो सञ्जालले गरेको कार्य तथा प्रगतिको विवरण पनि सार्वजनिक गरिएको थियो।image

 

 

 

 

 

 

image

 

 

 

 

 

 

 

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले विगत एक बर्षमा गरेको कार्य तथा प्रगतिको विवरण यस प्रकार छ।

१.रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रूपन्देहीको बुटवल १३ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्राममा ह्ववयील चियर बाटै शौचालय भित्र जान मिल्ने शौचालय बनाउनको निम्ति सो आश्रामलाई नेपाली दुई लाख रुपैयाँ को चेक हस्तान्त्रण।

२.रुपन्देहिको मणिग्राममा अवस्थित आत्मशान्ति अनाथ आश्रमको अक्षयकोषको लागि आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई नेपाली एक लाख रुपैंयाको चेक हस्तान्त्रण।

३.लुम्बिनी अञ्चल अस्पतालको ईमरजेन्सि र प्रसुति वाडमा ईलेक्ट्रोनिक पानी ट्याङ्की राख्नको लागि नेपाली नगद एक लाख विस हजार रुपैयां सहयोग।

४.पश्चिम क्षेत्रिय ट्राफिक प्रहरि कार्यलय बुटवलको सहयोगमा रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाले ट्राफिक नियम सँग सम्बन्धित एक लाख बराबरको तिनवटा ठूला होडिङ्ग बोर्ड राख्यो।

५.रुपन्देहीको बुटवल स्थित कान्ती कुञ्जमा पढ्ने विद्यार्थि सागर क्षेत्रीलाई एक वर्ष सम्म पढाईदिनको निम्ती नेपाली रुपैयां एघार हजार पांचसय पचहत्तर हस्तान्त्रण।
६.रुपन्देहीको बुटवल स्थित बुटवल मा. वी. मा पढ्ने विद्यार्थि लाल बहादुर गाहालाई एक वर्ष सम्म पढाईदिनको निम्ती नेपाली दसहजार एकसय पचास रुपैयां हस्तान्त्रण।

७.लुम्बिनी ईन्टिच्युट अफ टेक्निकल साईन्स मा अ.न.मी पढ्नको निम्ती आस्था पराजुलिलाई नेपाली रुपैयां ६९२७५ प्रदान।

८.स्कोलर्स होम एफ ए रुपन्देहीलाई ( SCHOLARS HOME FA RUPANDEHI) ५५ थान जर्सी प्रदान।

९.रुपन्देहीको बुटवल १३ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्राममा विरामी रहेकी सलिना वि क लाई उपचारको लागि नगद दश हजार रूपैयाँ सहयोग।

१०.
२०७२ साल बैशाख १२ गते भुकम्प जांदा रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाले अष्ट्रेलियन डलर $६८७४ ($6874.00) संकलन गरि गैर आवासिय नेपाली संघ अष्ट्रेलियालाई हस्तान्त्रण।

११.
स्वर्गीय पुर्ण बोहोरा प्रती हार्दिक श्रदान्जली अर्पण गर्दै अष्ट्रेलियन डलर $ १०६८ ($1068.00 )रकम संकलन गरि परिवारमा हस्तान्त्रण।

सो कार्यक्रमा नेपाली समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता रहेको थियो।बाबिक्यु समेत रहेको सो कार्यक्रममा देउसी भैलोपनि खेलिएको थियो। सो कार्यक्रम प्रिन्सेस हाईवेको केन्ड्रिक पार्क टेम्पीमा सम्पन्न भएको हो।imageimage

सम्बन्धित शिर्षकहरु