काठमाडौं । अफ्रिकी देश क्यामरूनको याउन्डे र डुआला सहरको बीच एसेका क्षेत्रमा एक यात्रुबाहक ट्रेन लिगबाट उत्रिँदा ५३ जनको मृत्यु भएको बीबीसीले जनाएको छ ।देशका यातायतमन्त्रीका अनुसार अरु ३०० यात्रु घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसारमा दुर्घटनामा धेरै मानिसहरु घाइते भएका तथा हात तथा खुट्टा काटिएको बताइएको छ ।
उनीहरुका अनुसार ट्रेनका १० डिब्बाहरु पल्टिएको तथा त्यसले धेरैलाई किचेको बताइएको छ ।
ब्यापक वर्षाकारण दुई सहरका बीच ठाँउ ठाँउमा सडक अवरुद्ध भएको थियो । जसका कारण बसहरू नचल्दा ट्रेनमा अतिरिक्त डिब्बा लगाइएको थियो । त्यसका कारण नियमित रूपमा ६०० यात्रु बोक्ने ट्रेनले १३०० यात्रु बोकेको थियो ।








