रमाइलो सांझलाई सफल पार्न असनेपको भव्य तयारी,

14799753_1168646949884380_490369689_oअसनेपालन्युज, सिड्नी । भोली  आईतवार हुने रमाईलो सांझमा  आजसम्मकै नयां पनको मनोरन्जन प्रस्तुत गरिने बताईएको छ ।

‘असनेप ईभेन्ट’ को आयोजनामा सो प्रस्तुती हुन लागेको हो । असनेपस ले एक पत्रकार भेटघाट गर्दै चर्चित  कलाकारहरूको ले यो कार्यक्रमको गरिमा बढेको बताएका हुन्। रकडेलको ‘थर्ड आइ बार एण्ड विस्ट्रो ‘ मा भएको सो कार्यक्रममा बताईए अनुसार रमाइलो सांझ हांसो , ब्यङ्ग्य ,गित र संगितले भरिपूर्ण हुनेछ । कार्यक्रम आयोजकको तर्फबाट खगेन्द्र सत्यालले यो नेपाली पहिचान विस्तार् गर्ने कार्यक्रम भएकाले  सबै समुदायले सहयोग गर्नु पर्ने बताउनु भयो । कलाकारहरू सबैले आ-आफ्नो तर्फ बाट नयाँ पन दिन तयार रहेको र सो कार्यक्रममा आइदिन सबैलाई आग्रह गर्नु भयो ।

हास्य कलाकार सन्दीप क्षेत्रीले आफुलाई आद्द्यावधिक बनाउन नसक्ने कुनै पनि क्षेत्रका प्रतिभा ‘डाइनोसर’झैं लोप हुने बताए । ‘ए-ई ग्लोवल कन्सल्टेन्सी’को मुख्य प्रायोजनमा २३ अक्टोवर २०१६ का दिन सिड्नी स्थित शार्क होटेलमा आयोजना हुन लागेको “रमाइलो साँझ तिहारको माँझ” कार्यक्रमबारे प्रकाश पार्न उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको हो। १८ वर्ष माथिका दर्शकलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको उक्त मनोरन्जनात्मक कार्यक्रममा हांस्यकलाकार  सन्दीप क्षेत्रीका अलावा सुपरिचित गायक धर्मेन्द्र सेवान र गायिका श्रेया सोतांगको समेत प्रस्तुति रहनेछ।

सो सांझमा  नेपाल बाट अष्ट्रेलिया आएका तीन कलाकारलाई सिड्नीवासी अर्का गायक राजकुमार गोस्वामी लगायत विभिन्न कलाकारहरूले सघाउने छन्। प्रमुख प्रायोजक ए-ईग्लोवल कन्सल्टेन्सीका डाइरेक्टर कमल लामिछानेले पारिवारिक माहोलमा हेर्न सकिने सो कार्यक्रम निकै फलदायी हुनेभएकाले सबैलाई दर्शक बन्न उहांले आग्रह गर्नु भयो ।कार्यक्रम हेर्न  ३० डलर प्रवेश शुल्क राखिएको छ। यस्तै  कार्यक्रममा प्रवेशका लागि १८ वर्ष उमेर पुगेको परिचयपत्र अनिवार्य देखाउनु पर्ने आयोजकले बताएका छन्। कार्यक्रममा विभिन्न संचार माध्यमका प्रतिनिधिहरूले सोधेका प्रश्नको कलाकारहरूले सावधानिपुर्वक जवाफ दिएका थिए ।
आयोजक मध्येका एक सत्यालले असनेप  संस्था परोपकार र मनोरन्जन दुवै दिशातर्फ उन्मुख  भएकाले यसमा समुदायका सबैको  साथ हुने  अपेक्ष्या गरेको बताउनु भयो । असनेपमा सिर्जनशिल युवा तथा विध्यार्थिहरूको सहभागीता रहेको छ ।थप तस्वीरका लागि यहाँ दबाउनुहोस्।

सम्बन्धित शिर्षकहरु