काठमाडौँ । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा नेपालले शुक्रबार आज थाईल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र थाइल्याण्डबिचको खेल हङकङको वोङनाईस्थित हङकङ क्रिकेट क्लबको मैदानमा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटपछि सुरु हुनेछ । छनोट अन्तर्गत थाइल्याण्डसंगको खेल नेपालको पाँचौ खेल हो ।
छनोटमा नेपालले ४ खेलबाट ४ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ । छनोटमा थाइल्याण्ड शिर्ष स्थानमा छ भने हङकङ तेस्रो स्थानमा रहेको छ । नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न थाइल्याण्डविरुद्धको खेल जित्नुपर्ने हुन्छ । यदि पराजित भए नेपालको त्यो सम्भावना कमजोर बन्नेछ । नेपाल आफ्नो दोस्रो खेलमा पनि थाइल्याण्डसँग पराजित भएको थियो ।
टि–ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड डबलराउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दैछन् ।
एसियाली छनोटको शीर्ष स्थानमा रहने एक टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।








