अमेरिका र रसियाबीच सिरियाको विषयमा स्विट्जरल्याण्डमा वार्ता हुने

काठमाडौं । अमेरीका तथा रसिया सिरियाको हिंसा रोक्ने उद्देष्यले चाँडै वार्ता सुरु गर्न सहमत भएका छन् ।
युद्धविराम जारी राख्ने विषयमा दुवै देश असफल भएपछि  नौ दिन पहिले अमरीकाले रसिया सँग वार्ता बन्द गर्ने जनाएको थियो ।
तर अब रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभ तथा उनका अमेरिकी समकक्षी जोन केरीबीच शनिबार स्विट्जÞरल्याण्डमा वार्ता गर्ने बताइएको छ ।
सिरियामा गत दुई दिनको हवाइ आक्रमणमा ७५ जनाको मृत्यु भएपछि यो घोषणा भएको हो ।
अमेरिकी विदेशमन्त्रालयका अनुसार उक्त वार्ताको क्रममा केरीले दीर्घकाली हिंसाको अन्त्य र मानवीय सहायताको वितरणमा केन्द्रीत हुने बताइएको छ ।
उक्त वार्तामा सनउदी अरेबिया, टर्की तथा ईरान जस्ता क्षेत्रीय शक्ति देश पनि सहभागी हुने सम्भावना रहेका बताइएको छ ।
जोन केरी यस बार्ता पछि लण्डन जाने र सिरिया संकट को हल खोज्नका लागि यस विषयमा वार्ता अगाडि बढाउन बताइएको छ ।
बुधवार जर्मन चांसलर एन्जेला मर्केल तथा फ्रान्स का राष्ट्रपति फ्रान्सवा ओल्याण्डले रसियाका राष्ट्रपति पुटिन सँग कुराकानी गरि सिरियामा युद्धविरामका लागि दबाब बनाएका थिए ।

सम्बन्धित शिर्षकहरु