परोपकारको लागि सिड्नीमा प्रदर्शन हुने सत्य घटनामा अाधारित नेपाली चलचित्र “परदेशीको उमंग” को तयारी पुरा।

image

 

 

 

 

 

सिड्नी अष्ट्रेलिया

हामी प्रवासमा रहेर पनि आफ्नै देश नेपालको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग साथै विभिन्न क्षेत्रमा परोपकारीहात हरुअघि बढाउन सक्छौँ। नेपालका असहाय वालवालिकाहरू(शिशु नेपाल ) को सहयोगार्थ सिड्नीमा देखाउन लागिएको नेपाली चलचित्र “परदेशीको उमंग” को तयारी पुरा भईसकेको आयोजकले बताएको छ। सो चलचित्रले नेपाली समाजमा सकरात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। साथै सो चलचित्र अत्यनतै संभावना बोकेको बताईएको छ।आयोजकका अनुसार चलचित्र बनाउनु मात्रै ठुलो नभई चलचित्रले समाजमा कस्तो सकरात्मक प्रभाव पार्यो भन्ने कुरा ठुलो हुने साथै समाजको वास्तविक परिस्थितीलाई यथार्थरुपमा उतार्नुले समाजमा चलचित्रले एक छुट्टै अर्थ राख्ने बताए। एक अनौठो र सत्य घटनामा अाधारित एक नौलो चलचित्र ‘परदेशि को उमङ्ग’एक मुस्लिम युवतिले र हिन्दू युवाले परिवार,समाज र देशमै विद्रोह गरेर विवाह गर्छन्। यो नेपाल अनि मुस्लिमहरूको देशको समेत चासो को विषय बन्छ,सर्वोच्च अदालत समेत यसमा मुछिएको छ । मुस्लिम युवति र नेपाली हिन्दू युवाको विवाहले परिवार , समाज र विश्वमै हलचल ल्यायो । अदालतहरू तानिए,संसारकै चासो बन्यो।के धर्म मानवता भन्दा माथि उठ्न सक्दैन र?अस्ट्रेलियामा परदेशिको उमङ्ग

सो चलचित्र परदेशि को उमङ्ग’ अब अस्ट्रेलिया को सिभिक थेटर मा प्रथमा पटक प्रदर्शन हुंदैछ ।मनमै सिरिङ्ग कांडा उम्रने सत्य घटना हरू समेटिएको सो चलचित्र लाई अक्टोबर १५ , शनिवार ११ :३० मा प्रदर्शन गरिंदै छ। टिकट दर ३० राखिएको सो चलचित्र हेर्दा नेपालको झन्डा , लालिगुरांस , हिमाल अङ्कित टोपी समेत निशुल्क उपलब्ध हुने आयोजक ले जनाएका छन्।

सो चलचित्र कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने छ। शिर्ष अभिनय विनीता बराल,कुमार बिसी को रहेको छ। अर्जुन पोखरेल र बि बि अनुरागिको संगित कुमार महर्जनको एक्सन,अर्जुन जि सि को सन्पादन,रबिन्द्र बरालको सिनेमट्रोग्राफी,कथा,निर्माता कुमार वि सी र लामो समय नृत्य निर्देशनमा सक्रय शिव शर्माले निर्देशन गरेको फिल्मको सो चलचित्र का लागि अग्रिम टिकट लिन,चलचित्र प्रदर्शन आयोजक असनेपालन्युजमा 0434570379 विदुर सापकोटा 0412478312 , महेश्वर शर्मा 0425800382 लाई संपर्क गर्न सकिने छ। ६० वर्ष माथिका नेपाली बा -आमा र १० वर्ष मुनिका वाल वालवालिका लाई निशुल्क गरिएको आयोजकले बताएको छ।

सम्बन्धित शिर्षकहरु