क्रिसमससम्ममा पूर्वी एलेप्पो ध्वस्त भइसक्ने चेतावनी

काठमाडौं । रुसी समर्थनमा सिरियाली फौजले गरेको बम वर्षा रोकिएन भने आगामी क्रिस्मससम्ममा विद्रोहीको कब्जामा रहेको पूर्वी एलेप्पो ध्वस्त हुने चेतावनी सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेषदूत बिहीवार दिएका छन् । दी गार्जियनको अनलाइन संस्करणमा दिइएको समाचारअनुसार विशेषदूत स्टाफन मिस्तुराले जेनेवाबाट भावुकतापूर्ण अपिल जारी गर्दै उनले विश्व समुदायलाई ‘अर्को स्रेबर्निका, अर्को रुवान्डा’ हुनसक्ने चेतावनी दिँदै रोकेर मानवीय विनाशबाट जोगाउन आग्रह गरेका छन् ।

”त्यस क्षेत्रमा रहेका नौ सय पूर्व लडाकुलाई देखाएर १ लाख बालबालिकासहित २ लाख ७५ हजार जनसंख्यामाथि क्रूरतापूर्वक बम वर्षा गरिरहने हो भने इतिहासले रुस र सिरियालाई सराप्नेछ” मिस्तुरालाई उद्धृत गर्दै गार्जियनले लेखेको छ । उनले रुसलाई यसरी नै बम वर्षा गरेको यो पुरातात्विक सहर ध्वस्तै बनाउन खोजेको हो भन्ने प्रश्न पनि गरेका छन् । यस्तै विद्रोही लडाकुलाई सहर छाड्न अस्वीकार गरेर २ लाख ७५ हजार गैरसैनिक नागरिकको ज्यान जोखिममा पारेकोमा उनले आलोचना गरे ।

बितेका दुई सातामा एलेप्पोमा ३७६ जना मारिएका र १२६६ जना घाइते भएका छन् । राष्ट्रसंघका एक अधिकारीका अनुसार दुईवटा अस्पतालमा बम हानिदा ६०० बिरामीलाई अन्यत्रै सार्नु परेको थियो ।

सम्बन्धित शिर्षकहरु