काठमाडौं १६ असोज। बडादशैंको आज दोस्रो दिन शैलपुत्री भगवतीको पूजा गरेर मनाइदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये शैलपुत्री भगवतीको पूजा हुने गर्दछ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।
राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भऽकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ । दशैँको दिनदेखि विभिन्न मन्दिर, शक्तिपीठमा निरन्तर पुजा गर्ने, बाजागाजा सहित लरमाइलो गर्ने गरिन्छ ।


![xg'dfg9f]sfsf] b;}F3/df hd/f lxGb"sf] dxfg rf8 a8fb;}Fsf] klxnf] lbg 36:yfkgf u/L zlgaf/ xg'dfg9f]sfsf] b;}F3/df hd/f /flvFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/10/1475308049683_RoS_ktm_161001_IMG_9803-300x200.jpg)






