महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया
हामी विश्वको जुन ठाउंमा रहेपनि हामीलाई हाम्रै संस्कृति र परम्परा प्यारो लाग्दो रहेछ। अझ प्रवासमा रहंदा आफ्नै संस्कृति,चाढ पर्बहरुले नेपालीहरुलाई अझ नजिक बनाउन सहयोग गर्दछ। चाढ पर्बहरु नजिकिदैं गर्दा प्रवासमा विभिद कार्यक्रमहरु पनि हुने गर्दछन। यस्तै ओरेन्ज नेपाली समुदाय को प्रस्तुतीमा ओरेन्जमा “दशैं शुभकामना सांझ २०७३” “हुने भएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्षपनि “दशैं शुभकामना सांझ” गर्न लागिएको हो।
२ अक्टुबर २०१६ आईतबारका दिन हुने सो कार्यक्रम एनएसडब्लुको सिनीयर सिटिजन एन्ड पेन्सनर सेन्टर ओरेन्जमा सांझ ५ बजेबाट सुरुहुने भएको हो।असनेपाल न्युज संग कुरा गर्दै बिरेन्द्रदिप मल्लले साथिभाई हरु तथा आफन्तहरुलाई नजिक बनाउने र आफ्नै संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ गर्न लागिएको र सो कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थितीरहने बताए। लामो समय देखि ओरेन्जमा बस्दै आएका सुरज पन्त र प्रमिला पन्तले सो कार्यक्रमलाई नेपाली समुदायाका दर्शकहरु समक्ष ल्याउन मेहनत गरेका हुन।








