क्षेत्रीय सभापति देवकोटाको निधन

nepali-congress-750दाङ, ११ असोज । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ५ का सभापति वसन्त देवकोटाको ४८ बर्षको उमेरमा निधन भएको छ । देवकोटाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

रगत, फोक्सोलगायतमा समस्या देखिएपछि भदौ ३० गते नर्भिक अस्पताल, काठमाडौँमा भर्ना हुनुभएका देवकोटाको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डाक्टर बजेन्द्र श्रीवास्तवले जानकारी दिए।

विसं २०२५ सालमा श्रीगाउँ–६ बुटनीयामा बुबा स्व टोपेन्द्रप्रसाद उपाध्याय र आमा निलाकुमारी उपाध्यायको कोखबाट जन्मनुभएका देवकोटा वीरेन्द्र मावि श्रीगाउँमा विद्यालय र स्नातक तहको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस तुल्सीपुरमा गरेका थिए । पार्टीमा क्रियाशीलता सँगसँगै उनी क्षेत्रीय सचिव र दुई पटक क्षेत्रीय सभापति समेत भएका थिए।

स्व देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी छन् । देवकोटाको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु