महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
नेपाली पत्र र साताको साहित्यको आयोजनामा सिड्नीमा “प्रवासको साहित्य र पत्रकारिताका बिषयमा” अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कोग्रा स्कुल अफ आर्ट्स कोग्रामा हुने उक्त कार्यक्रममा युवा साहित्यकार बुद्धिसागर तथा पत्रकार उमेश श्रेष्ठको सहभागीता हुनेछ।
२५ सेप्टेम्बर २०१६ आईतबार हुने उक्त कार्यक्रम दिउसो १२ बजे देखि ३ बजे सम्म हुनेभएको छ।सो कार्यक्रममा प्रवासको साहित्य र पत्रकारिताका विषयमा अन्तरक्रिया,कविता बाचन, पुस्तक विमोचन र पुस्तकमा हस्ताक्षर कार्यक्रम हुने बताईएको छ।युवा साहित्यकार बुद्धिसागरको प्रकासित उपन्यास कर्णाली ब्लुज र फिरफिरे औधि रुचाईएका पुस्तकहरु हुन।हाल पहिलो पोष्टका सम्पादक रहेका पत्रकार उमेश श्रेष्ठले पहिलो नेपाली ब्लगको रुपमा माइ संसार सुरु गरेका थिए। कोग्रा स्कुल अफ आर्टस् कोग्रामा हुने उक्त साहित्यिक कार्यक्रममको विस्तृत जानकारीको लागि ऋषि आचार्य ०४५१००३१३२,सन्जिव पान्डे ०४३२३९५१९६,र निष्प्रभ सजी ०४१३६८३७४८ लाई फोन सम्पर्क गर्न सकिने छ।








