सरकारले सुरक्षा नदिए विद्यालय तालावन्दी गर्ने प्याब्सन, एनप्याब्सनको निर्णय

ljBfnosf] 9f]sfdf ad /fhwfgLsf] af}4 If]qdf /x]sf] afn;+;f/ :s'nsf] 9f]sfdf dªunaf/ laxfg zªsf:kb j:t' e]l6Pkl5 adsf] xNnfn] eoeLt ePsf :yfgLojf;L / ljBfyL{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सरकार शान्ति सुरक्षाको प्रत्याभूति नदिए विद्यालय तालावन्दी गर्ने प्याब्सन एनप्याब्सन र हिसानले निर्णय गरेका छन् । उपत्यकाका दश विभिन्न स्कुलमा बम भेटिएपछि र विद्यालय हाता भित्रै दुई बम बिस्फोट गराइएपछि आपतिकालीन् रूपमा संयुक्त बैठक बसी असुरक्षाको अवस्थामा विद्यालय सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेका हुन् ।
त्यस्तै उनीहरूले घटनाको विरोधमा शिक्षा मन्त्रालयलाई दबाब दिने र शिक्षा मन्त्रालयको रेस्पोन्सपछि गृहमन्त्रालयलाई ध्यानाकर्षण गराउने बताएका छन् ।
यस्तै प्याब्सन एनप्याब्सन र हिसानले नामै नसुनि राजनीतिक दल र तिनको भ्रातृ संगठनले विद्यालयमा त्रास सिर्जना गरेको भन्दै विभिन्न बहानमा निजी विद्यालयलाई तारो बनाइएमा भ्रत्सना गरेका छन् ।
“यो घटनाको निन्दा गर्न सकिने शब्द नै छैन,” प्याब्सन महासचिव डीके ढुंगानाले भने, “विद्यार्थीको हकहित र अधिकारका नाममा विद्यार्थीमाथि बम प्रहार गर्नु, विद्यालयलाई क्षति पु¥याउनु अक्षम्य कार्य हो ।”
उनले विद्यालय शान्ति क्षेत्र भएको बताउँदै सरकारले सुरक्षा दिनुपर्ने नभए विद्यालय बन्द गर्नुको विकल्प नरहको जिकिरसमेत गरे ।
उनले केही बेरमा पत्रकार सम्मेलन गरेर संस्थागत धारणा राखिनेसमेत बताए ।
बम राखिएको घटनाको विरोधका उपत्यकाका अधिकांश विद्यालय बन्द छन् ।
मंगलबार बिहान जोरपाटीको मनकामना उच्च मावि, आकाशद्विप इंग्लिस स्कुल, वाल संसार प्राइमरी स्कुल, बुद्धप्रकाश सेकेन्डरी स्कुल, राई स्कुल (सीबीएसई बोर्ड), माउन्ट युराल इंग्लिस स्कुल, एम्ब्यास्डर इंग्लिस स्कुल, इष्टपोल उच्च मावि त्यसैगरी डल्लुको कञ्चनजंघा एकेडेमी, र ललितपुरको रेडियन्ट रिडर्समा पनि बम फेला परेको थियो ।
त्यसमध्ये मनकामना र आकाशद्विप स्कुलमा बम विस्फोटन गराइ सामान्य क्षति पु¥याइएको थियो ।

सम्बन्धित शिर्षकहरु