अस्ट्रेलिया । समीका जीसी बाल प्रतिभा–२०१६ बाट सम्मानित भएकी छन् । नेप्लिज अस्ट्रेलियन युथ एसोसिएसन (नया)ले आयोजना गरेको कार्याक्रममा उनले सो अवार्ड हात पारेकी हुन् ।
पछिल्लो समय प्रवासमा बालबालिकाको चारीत्रिक र वैयक्तिक विकासका लागि यस्ता कार्यक्रम आयोजना हुन थालेका छन् । जसले बालबालिकाको क्षमता विकास तथा तथा समाजमा घुलमिल गराउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
नयाले आगामी दिनमा यस्ता थुप्रै क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।
सिड्नीको पोलिस क्लवमा १८ सेप्टेम्बर आइतबारका दिन भएको प्रतियोगिताको ग्रेण्ड फाइनलमा छनोट भएका १६ जना प्रतियोगीहरुलाई पछि पार्दै जिसीले पहिलो स्थान हात पारेकी हुन् ।








