प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

k|wfgdGqL ef/t k|:yfg  k|wfgdGqL k'iksdn bfxfn u0ftGq ef/tsf k|wfgdGqL g/]Gb| df]bLsf] d}qLk"0f{ lgdGq0ffdf l5d]sL d'n's ef/tsf] rf/ lbg] /fhsLo e|d0fsf nflu g]kfnL k|ltlglwd08nsf] g]t[Tj ub{} laxLaf/ To;tkm{ k|:yfg ug{'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।

आज अपराह्न नेपाल वायुसेवा निगमको उडानबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री दाहालको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रूपमा राष्ट्रपति भवनमा बसेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गत भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री मोदीलगायतसँग उच्च राजनीतिक भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल गर्नाका साथै महत्वपूर्ण तीनबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। उनका साथमा धर्मपत्नी सीता दाहाल, भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलगायत थिए । रासस

सम्बन्धित शिर्षकहरु