काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्र सरिक भई ‘जीवित देवी’कुमारीको दर्शन गरेकी छन् ।
वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनाका साथै मुख्य पण्डितबाट प्रसाद ग्रहण गरेकी थिइन । सो अवसरमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन समेत गरिन् । उनले स्थानीय नेवारी झाँकी, पहिरन र नृत्य प्रस्तुत अवलोकन गरेकी थिइन।
समारोहमा प्रधानन्यायाधीश, सभामुख, कावा प्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ ।
यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।


![/fi6«klt j;Gtk'/df /fi6«klt ljBfb]jL e08f/L OGb|hfqfsf] cj;/df laxLaf/ j;Gtk'/ cfof]lht ;df/f]xdf s'df/Lsf] bz{g ug'{x'Fb} . ;fydf k|wfgGofofwLz ;'zLnf sfsL{, ;efd'v cf]g;/L 3tL{, sfo{afxs k|wfgdGqL ladn]Gb| lgwLnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/09/1473941533676_RoS_Ktm_160915_Ro_160915_518667429_o-300x200.jpg)
![OGb|hfqfdf j;Gtk'/df s'df/L OGb|hfqfsf] cj;/df laxLaf/ j;Gtk'/df cfof]lht ;df/f]xdf s'df/L . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/09/1473941857278_RoS_Ktm_160915_964944081_o-300x200.jpg)






