भूकम्पपीडितलाई भाकपा (मा)बाट रु आठ करोड बढी सहयोग

k|wfgdGqL / or'/L e]6jftf{ ef/tsf] /fhsLo e|d0fdf /xg' ePsf k|wfgdGqL k|wfgdGqL k'iksdn bfxfn… k|r08Ú ef/tLo sDo'lg:6 kf6L{ dfS;{jfbLsf dxf;lrj l;tf/fd or'/L;Fu e]6jftf{ ug'{x'Fb} . ;fydf k|wfgdGqL bfxfnsf kTgL ;Ltf bfxfn,  k//fi6«dGqL 8f k|sfzz/0f dxt, ef}ltsk"jf{wf/ tyf oftfoft Joj:yfdGqL /d]z n]vsnufot . tl:a/ M xl/ nfld5fg], /f;;
;

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेपाली जनताको पीडामा भाकपा (मा)का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो ।

यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो ।

सम्बन्धित शिर्षकहरु