बकर इदमा कुन दलले के शुभकामना दिए ?

bakar_id_860703887काठमाडौँ, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद इदुल जोहा का अवसरमा स्वदेश एवम् विदेशमा रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।
आज एक शुभकामना सन्देश दिँदै उनले विविध जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको अनुपम उदाहरण रहेको हाम्रो मुलुकको उन्नति, हित र अग्रगतिका साथै सबैका बीचमा हार्दिकता र ऐक्यबद्धता आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मुलुकलाई समुन्नत र समृद्ध बनाउनका लागि सबै समुदायका जनताको उत्तिकै योगदान आवश्यक रहेको सन्देशमा उल्लेख गरेका छन् ।

उनले चाडपर्वहरूलाई पनि सामाजिक रुपान्तरण र समृद्धिसँग जोड्दै आफ्नो समुदायको उत्थानका लागि उपयोग गर्न उपयुक्त हुने उल्लेख गरेका छन् ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लामिक धर्मावलम्बीहरूको पवित्र पर्व एवम् महान चाड बकर ईद इदुल जोहाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश दिँदै नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्दै उनले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन्।

लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरूको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै सभापति देउवाले सन्देशमा लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीवहिनी तथा दाजुभाइहरू अझ बढी जिम्मेवार रहनेछन् भन्ने आफूले विश्वास लिएको उल्लेख गरेका छन् ।

यस्तै, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले इद ऊल जोहा बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा सुख, शान्ति एवम् समृद्धिको कामना व्यक्त गरेका छन्

सम्बन्धित शिर्षकहरु