मोर्चा संबद्ध कार्यकर्ताद्वारा नेता पोख्रेलको पुत्ला दहन

Shankar tweetरौतहट। एमाले नेता शंकर पोखरेलको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले नेता पोख्रेलको पुत्ला दहन गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राम निवास यादवले मधेसी जनतालाई नेता पोख्रेलका अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको बताए।

सामाजिक संजाल ट्विटरमा नेता पोख्रेलले गरेको ट्विटमा प्रयोग गरिएको भाषा र शब्द मधेसी जनताको भावनामा चोट पुर्याउने खालको रहेको भन्दै चर्को बिरोध गरिएको छ। बिरोध पछि नेता पोख्रेलले ट्विट डिलिट गरेका थिए।

विवादित बनेको नेता पोख्रेलको ट्विटः

सम्बन्धित शिर्षकहरु