क्रिकेटर सन्दिप लामिछानेले माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण र क्रिकेट लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ । त्यस्तै सन्दिप अस्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट लिगमा खेल्ने पक्का भएको छ ।
वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवले मंगलबार एक बिज्ञप्तिमा जारी गर्दै सन्दिपले क्लार्कको क्लबबाट प्रशिक्षण गर्ने र सवर्वस् डिस्ट्रिक क्लवबाट क्लार्कको प्रिमियर ग्रेड क्रिकेट लिगमा खेल्ने जनाएको छ । बिज्ञप्तिमा जनाएअनुसार १६ बर्षीय लेगस्पिनर लामिछानेले क्लबबाट २०१६–१७ को सिजनको ग्रेड क्रिकेट लिग खेल्नेछन् ।
सन्दिपले क्लार्कको एकेडेमीबाट सेप्टेम्बर २६ देखि प्रशिक्षण सुरु गर्ने छन् । त्यसअघि वेष्टर्न सवर्व क्लवबाट क्लार्कसँगै रहेर सन्दीपले मासेमन क्लवबिरुद्ध अलान बोर्डर ओभेलमा एक खेल बिज्ञप्तिमा उलेख गरिएको छ ।
क्लवले जारी गरेको बिज्ञप्तिमा क्लार्कलाई उद्धृत गर्दै भनिएको छ, “सन्दीप क्रिकेटमा संभावना बोकेका र क्रिकेटमा प्यासन बोकेका युवा खेलाडी हुन । यस अवसरले नेपाली युवा खेलाडी सन्दिपले खेलस्तर अझै सुधार्ने अपेक्षा हामीले गरेका छौं ।”
सन्दिपलाई क्लार्कले यसअघि नै आफ्नो एकेडेमी प्रशिक्षण गर्न प्रस्ताव गरेका थिए । क्लार्क गत मे महिनामा हङकङमा भएको हङकङ टि २० ब्लिट्ज क्रिकेट प्रतियोगितामा सन्दिपको खेलबाट प्रभावित भएका थिए । उक्त प्रतियोगितामा सन्दिप र क्लार्कले एकै क्लब कव्लुन केँटन टिमबाट खेलेका थिए ।

सम्बन्धित शिर्षकहरु