काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
सिमसिम झरीकाबीच पनि व्रतालु महिलाहरू पशुपति दर्शका लागि घण्टौँ लाइन बसिरहेका छन् ।
दर्शनार्थीका लागि बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा पशुपपति क्षेत्र विकास कोषले नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरेको दाबी गरेको छ ।
आज पुरुषलाई पशुपति मन्दिर दर्शनमा निषेध गरिएको छ । यस वर्ष सशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजन लामबद्ध भएको कोषले जनाएको छ ।


![kz'kltdf dlxnf bz{gfyL{ xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz'kltgfy dlGb/df bz{g ub}{ j|tfn' dlxnfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/09/1472972185001_RoS_KTM_160904_IMG_0032-300x250.jpg)






