सभापति देउवाद्वारा तीज पर्वको शुभकामना

1461810488_2402_1काठमाडौँ, १९ भदौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै देश तथा विदेशमा रहेका महिला दिदीबहिनीमा सुश, शान्ति, समृद्धि तथा आपसी भाइचारा र भ्रातृत्वको भावना जगाउन उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले नेपालजस्तो बहुभाषा, बहुजाति, संस्कृति र परम्परा भएको देशमा यसप्रकारका चाडपर्वले आपसमा मित्रता र सद्भाव बढाउन प्रेरणा दिने विश्वास व्यक्त गरेको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

यसैगरी नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामना दिंदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएर त्यसको कार्यान्वयनको अवस्थामा रहेको बेला संविधानप्रदत्त महिला हक अधिकारलाई सुनिश्चित गरी राज्य र राजनीतिक दल सहितका विभिन्न निकायमा महिला सहभागिता बढाउँदै लानुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित शिर्षकहरु