बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन

DSC3383-1-848x478

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित मन्त्रालयलाई बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार परराष्ट्र र श्रम मन्त्रालयलाइ मिलेर बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु निर्दशन दिएको उनको सचिवाललय जनाएको छ ।
परराष्ट्र र श्रम मन्त्रालयलाई बैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधान गर्न र बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।
यसअघि उनले उक्त मन्त्रालयहरुलाई बैदेशिक रोजगारीमा जाने नेपालीको समस्या समाधान गर्न दिइएको निर्देशन पछि भएको प्रगति मागेका थिए । उक्त मन्त्रालयहरुले आफ्नो विफ्रिङ् सकिएपछि प्रधानमन्त्रीले बैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ यसमा परराष्ट्र र श्रम मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउन निर्देशन दिएको उनको सचिवालयले बतायो ।
बैठकमा उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, परराष्ट्र मन्त्री प्रकास शरण महत र अन्य मन्त्रीहरु तथा मुख्य सचिवको उपस्थित थिए ।

सम्बन्धित शिर्षकहरु