एमालेमा नवप्रवेशीलाई साङ्गठनिक जिम्मेवारी दिइने

 

g]skf Pdfn]sf] :yfoL ;ldlt a}7ssf lg0f{o ;fj{hlgs ug{ kf6L{ d'Vofnodf cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} Pdfn]sf dxf;lrj O{Zj/ kf]v/]nn] . tl:a/ M z/b zdf{, /f;;

काठमाडौँ, विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा ९एमाले० प्रवेश गरेकोहरुलाई पार्टीले उचित साङ्गठनिक जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेकपा एमाले पार्टी कार्यालय धुम्बराहीमा नव प्रवेशी कार्यकर्तालाई जिम्मेवारी दिन बनेको ‘कार्यदल’ को बैठकले सो निर्णय गरेको हो ।

कार्यदलका संयोजक पार्टी महासचिव ईश्वर पोखरेलले पार्टीमा समाहित भएका र आगामी दिनमा पार्टीमा समाहित हुने राजनीतिक व्यक्तित्वहरुलाई उचित साङ्गठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए ।

पार्टीको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एक कार्यदल गठन गरी नवप्रवेशीलाई साङ्गठनिक जिम्मेवारी दिन गृहकार्य गर्ने जिम्मेवारी दिएको थियो ।

कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा एमालेलाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा एमालेमा एकताबद्ध हुँदै राष्ट्र र जनताको चाहनाअनुरुप ऐतिहासिक भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

साथै, बैठकले यस प्रयोजनका निम्ति विभिन्न राजनीतिक दल, समूह तथा व्यक्ति–व्यक्तित्वसँग संवादको प्रक्रियाअघि बढाउने निर्णयसमेत गरेको छ । स्थानीय कमिटीले जिम्मेवारी दिएपछि कार्यदलको पहिलो बैठक बसेको हो ।

कार्यदलमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली सदस्य रहेका छन्।

सम्बन्धित शिर्षकहरु