अस्ट्रेलिया, ‘पोइ चाहियो’ भनेर दर्शक/स्रोता उफार्ने अविवाहिता गायिका कोमल वलीले अस्ट्रेलियाको मेलवर्न सिटीमा पनि आफ्नो ‘जादू’ चलाउन चुकिनन् ।
अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना भएको उनको तीजे प्रस्तुति मेलवर्नमा पुगेर टुंगिएको हो।
मेलबर्नमा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा भएको एईसीसी न्याभ तीज मेला–२०१६ मा सहभागी भएकी उनीले स्टेजमा चढेदेखि कार्यक्रम अन्त्य नभएसम्म दर्शकलाई लठ्याइरहिन् ।
पुरुषहरुलाई पूर्णतः प्रवेश निषेध गरिएको कार्यक्रममा स्वयंसेवक, आयोजक र सीमित पत्रकारबाहेक अरु कोही पनि पुरुष थिएनन् । कार्यक्रमा अस्ट्रेलियाली पाहुना पनि सहभागी थिए ।













