सडक मर्मतका लागि एमालेको सहयोग

morang_districtउर्लाबारी ७ भदौ । बाढीले क्षति पु¥याएको मोरङको अमरदह–सुनबर्षी भित्रि सडकखण्ड मर्मतका लागि नेकपा एमालेले रु ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।

नेकपा एमाले मोरङ २ नम्बर क्षेत्रीय कमिटीले सो सडकखण्ड मर्मतका लागि रकम हस्तान्तरण गरेको हो । मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले स्थानीयवासीको उपस्थितिमा उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र भण्डारी तथा सचिव प्रेम श्रेष्ठलाई संयुक्तरुपमा सो रकम हस्तान्तरण गरे।

अमरदहका बाढी प्रभावित क्षेत्रलाई प्रभावकारी विकास योजनाको रुपमा स्रोत साधन ब्यवस्थापन गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित शिर्षकहरु