ग्रानभिलवासिको आयोजनामा यसपाली रोचक दशैं मनाईने

सिड्नी । पर्वहरू आँफैंमा जीवन नविकरण गर्ने अवसर हुन्। अझ विदेशमा यसको माह्त्व झन प्रगाढ छ। यस्तै महत्वलाई उजागर गर्न यस वर्ष पनि ग्रानभिलमा दशैं कार्यक्रम जम्दैछ ,नेपाली समुदाय विच ।ग्रान्भिल नेपाली समुदायिक क्लवले अजमाएको सो कार्यक्रमलाई समग्र नेपालीहरूले साथ दिने आयोजक हरूले असनेपालन्युजलाई जानकारी कराए ।  गीत- संगितको माहोलका विच प्रस्तुत गरिने सो कार्यक्रम ग्रानभिल टाउन हलमा सम्पन्न हुंदैछ । ‘दशैं तिहार सांझ २०१६ ‘ नाम दीईएको सो कार्यक्रम २४ सेप्टेम्बरसंगितको रमझम, द्शैंको महत्वको प्रदर्शनी तथा रात्री भोजको साथ सम्पन्न हुने आयोजक का तर्फ बाट राम रुवाली ले जानकारी गराउनु भयो । थप जानकारीका लागि आयोजक प्रमुखहरू राम रुवाली ,अनिता नेपाल , अनिल अधिकारिलाई संपर्क गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित शिर्षकहरु