विवाह समारोहमा विस्फोट हुँदा ३० जनाको मृत्यु

एजेन्सी, टर्कीमा एक विवाह समारोहलाई लक्षित गरी भएको बम विस्फोटनमा परि ३० जनाको ज्यान गएको छ । टर्कीको दक्षिण शहर गाजियान्टेपमा भएको विस्फोटनमा परि ९० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

203ebeb4e3d817b650d1aa63321225069a957aa2सिरियाको सीमा नजिक रहेको गाजियान्टेपमा भएको आक्रमण आतंककारी रहेको टर्की सरकारले जनाएको छ । उपप्रधानमन्त्री मेहमेट सिमसेकले आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । यस्तै घटनामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको टर्की सरकारले बताएको छ ।

मुख्य गरी कुर्दिस समुदायको बसोबास रहेको गाजियान्टेपसहित टर्कीको दक्षिणी क्षेत्रमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएका छन् ।

सम्बन्धित शिर्षकहरु